देवचुलीमा १७ जनाको मनोनयन दर्ता

देवचुली,  बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुलीमा आइतबार १७ जनाले मनोनयन दर्ता गराएका छन् । देवचुली नगरपालिकाको नगर प्रमुख पदका लागि अस्विन राज ओझा स्वतन्त्रतर्फबाट र दुदबहादुर आले मगर मङ्गोल नेशनल अर्गनाईजेसनबाट उम्मेदवारी दर्ता गराएका छन् भने नगर उप–प्रमुख पदका लागि फूल बहादुर थापा मगरले मङ्गोल नेशनल अर्गनाईजेसनबाट उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरि वडाध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

वडाध्यक्ष पदका लागि देवचुली वडा नं १७ निवासी तिलक बहादुर थापा स्वतन्त्रतर्फबाट, देवचुली वडा नं १६ ललित बहादुर बोहोरा स्वतन्त्रतर्फ, वडा नं १६ निवासी प्रेमबहादुर सोमै मङ्गोल नेशनल अर्गनाईजेसनबाट, वडा नं ४ निवासी बमबहादुर सोमै, वडा नं १६ निवासी महेशराज आचार्य स्वतन्त्रबाट मनोनयन दर्ता भएको छ ।
महिला वडा सदस्यतर्फ देवचुली वडा नं १६ का लालमाया बाचे मङ्गोल नेशनल अर्गनाईजेसनबाट, वडा नं ४ का रुपा थापा मगर मङ्गोल नेशनल अर्गनाईजेसनबाट, वडा नं १६ का देउमाया गाहा मगर मङ्गोल नेशनल अर्गनाईजेसनबाट, वडा नं ४ का भीमबहादुर तामाङले उम्मेदवारी गराएका छन् ।

यसैगरि दलित महिला वडासदस्यतर्फ देवचुली १६ का धनमाया वि.क मङ्गोल नेशनल अर्गनाईजेसनबाट र देवचुली ४ का मणिसरा सार्की मङ्गोल नेशनल अर्गनाईजेसनबाट मनोनयन दर्ता भएको देवचुलीका निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो । उहाँले सोमबार पनि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता हुनेभएकाले सम्पूर्ण राजीनितक दलका प्रतिनिधि र उम्मेदवारीहरुलाई भिडभाड नगरि समयमा नै मनोनयन गर्न आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search