कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ ।

बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ ।

यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो । विभिन्न सरोकारवालाले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेपछि समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...