तनहुँमा एक युवा मृत फेला

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

दमौली: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा एक युवा मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

शुक्रबारदेखि हराइरहेका उनको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...