गैँडाकोट । गैँडाकोटमा साढे ३ बजेसम्म मात्र १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अहिले सम्म प्रमुख दलहरुको उम्मेदवारी परेको छैन ।
गठबन्धन र नेकपा एमालेका नेताहरुले भोलीमात्रै उम्मेदवारी दर्ता गर्ने बताएका छन् । हालसम्म दर्ता भएकोमा प्रमुख पदमा १ जना, उप प्रमुख पदमा २ जना, वडा अध्यक्ष पदमा ४ जना र बाँकी १० जनाको सदस्य पदमा उम्मेदवारी दर्ता भएको गैँडाकोटको निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रमुख पदमा मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट विष्णुमान विक, उप प्रमुख पदमा सोही पार्टीबाट देउमाया थापा र स्वतन्त्र श्यामसुन्दर भुसालको उम्मेदवारी परेको छ । वडा अध्यक्ष पदहरुमा ६ मा श्यामबहादुर योञ्जन, १८ मा चुमानसिं चितौरे मगर, ११ मा कान्तबहादुर राना, १७ मा कमलबहादुर अधिकारीको उम्मेदवारी परेको छ ।
उप प्रमुख भुसाल, वडा अध्यक्ष अधिकारी र १७ मा सदस्य रेखबहादुर कामीको स्वतन्त्र उम्मेदवारी परेको हो । अन्य सबैले मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
Post Views: 123