नेकपा एमालेले गैंडाकोट नगरपालिकाको मेयरमा छत्रराज पौडेललाई उठाउने

कावासोती-  नेकपा एमालेले गैंडाकोट नगरपालिकाको मेयरमा छत्रराज पौडेललाई उठाउने निर्णय गरेको छ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई पुन: मेयर पदमा उठाउने निर्णय गरेको नेकपा एमाले गैंडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रदेश र केन्द्रका नेताहरुका विचमा कसलाई गैंडाकोटको मेयर बनाउने भन्नेमा पोखरामा मेयर पदका लागि आकाक्षां राखेका नेकपा एमालेका जिल्ला उपसचिव यमुनाथ अचार्य, जिल्ला सदस्य गोपालप्रसाद गौतम र छत्रराज पौडेलको नामावली प्रदेश पठाइएको थियो ।

यो खबर तयार पार्दासम्म उपमेयर पदमा भने कसैको नाम आएको छैन । नेकपा एमाले र अन्य दलहरुका विचमा गठबन्धनको प्रयास भैरहेकोले उपमेयर पदको टुंगो नलागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search