नवलपुरमा गठबन्धनबाट बाहिरियाे माओवादी केन्द्र

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
कावासाेती –  नवलपुरकाे ५ दलिय गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्र वार्ताबाट निस्केकाे छ ।
गठबन्धनकाे मर्म नबुझेकाले काँग्रेससंगकाे बैठकबाट नि्स्केकाे जिल्ला संयाेजक तथा वार्ता टाेलीका सदस्य धनप्रसाद सापकाेटाले जानकारी दिनु भयाे । काँग्रेस जिल्ला सभापति महेन्द्र ध्वज जि सिले अरूलाई एक/दुई वटा चाराे झै छर्केर अरूलाई खासै दिन नखाेजेकाे र आफूहरू एक्लै पनि लड्न सक्ने कुरा बताएपछि माओवादी केन्द्र वार्ताबाट निस्केकाे हाे । माओवादीलाई आठवटा पालिकामा दुई वटा उपमेयर र जिल्लामा दश वटा भन्दा बढि वडा दिन नसक्ने बताएपछि आफू निस्केकाे जिल्ला सचिव तथा अर्का वार्ता टाेली सदस्य सुष्मा खनालले जनाउनु भयाे ।

काँग्रेससंग कुरा नमिले पनि चार दलकाे गठबन्धन भने बाँकी नै रहेकाे जनाईएकाे छ । केन्द्रले पाँच दलकाे गठबन्धन बाहेक अरूसंग गठबन्धन नगर्न भने पनि जिल्लाका विभिन्न पालिकामा आ-आफ्नै तरिकाले तयार रहेकाे जनाईएकाे छ ।

काँग्रेस बाहेककाे अरू चार दलकाे गठबन्धन बसिरहेकाे छ । नेकपा एसका अध्यक्ष सालिकराम भट्टराईले गठबन्धन ताेड्ने चाहाना नभए पनि काँग्रेससंगकाे बैठकमा केही कुरा नमिलेकाे जानकारी दिनु भयाे ।

यस अघि विभिन्न पालिकामा सहमति नजिक पुगे पनि आज बसेकाे जिल्ला स्तरीय वार्तामा सहमति नमिलेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...