नवलपुरमा गठबन्धनको विकल्प अर्को गठबन्धन बन्नसक्छ – जनता समाजवादी पार्टी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

स्थानीय निकायको निर्वाचन नजिकीए संगै देशैभर चुनावको सरगर्मी बढेको छ । केन्द्रमा ५ दलीय गठबन्धन बनेपनि देशका विभिन्न ठाउँमा गठबन्धन बन्ने नबन्ने अवस्था सिर्जना भएको छ । यसै सन्धर्भमा पूर्वी नवलपरासीमा पटकपटक गठबन्धन दलहरु नेपाली कांगेस, माओवादी, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बीच  छलफल भए पनि स्थानीय तहको उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

पटकपटक बैठक बस्दा समेत दलीय भागबन्डा नमिल्दा जनता समाजवादी पार्टी जिल्ला समितिले एक्लाएक्लै प्रतिस्पर्धा गर्न तयारी गरेको छ । गठबन्धको रबैया यस्तै हुने हो भने गठबन्धनको विकल्प अर्को गठबन्धन बन्नसक्छ भनेर समाजवादी विद्यार्थी युनियनका केन्द्रीय कोषाध्यक्ष ओम महतोले बताउनुभएको छ । गठबन्धन गर्ने भन्ने तर एकार्काको अस्तित्व स्वीकार नगर्ने हो भने किन गठबन्धन गर्ने भनेर उहाँले प्रश्न गर्नुभयो ।

हामी कावासोती नगरपालिकामा उपमेयर सहित १, १४ र १७ वडा दाबी गरेका छौँ त्यसो हुदैन भने हामी गठबन्धन बाहिर अर्को गठबन्धन बनाउन सक्छौं उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...