आगलागी हुँदा एकै घरका चार बालबालिकाको मृत्यु

जुम्ला : जुम्लाको तिला गाउँपालिकाका तीन जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु एघार वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी चौध वर्षीया तिर्सना सार्की रहेका छन् ।

आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । आगलागीको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search