पार्टीले टिकट दिए देवचुलीको मुहार फेर्नुछ : राजन गौतम

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

देवचुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका २ जना नेताहरुले देवचुली नगरपालिकाको मेयरमा दाबी गरेका छन् । मेयरमा दाबी गर्नेमा लोकप्रसाद भुर्तेल र राजन गौतम रहेको नगर कमिटी अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिए । मेयरका लागि २ जनाको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र देवचुली स्रोतले बताएको छ ।

अन्तत : मेयरका लागि नाम सिफारिस भए सँगै राजन गौतमले पार्टीले टिकट दिएको खण्डमा देवचुली नगरपालिकालाई तिब्र बिकासको गतिमा लैजान सक्षम युवाको खाँचो रहेको  बताएका छन् । पार्टीले बिस्वास गरि टिकट दिएमा पाँच बर्षे कार्यकालमा देश र नगरबासी हरुका लागि निशुल्क काम गर्ने बताएका छन् । आजै मात्र आफ्नो फेसबुक मार्फत आफुले जितेको खण्डमा देवचुलीलाइ बिकासमा लैजाने २६ बुँदाका योजना सार्वजनिक गरेका छन ।

योजनाहरु : 


१. योजना कार्यान्वयनका स्रोतहरु
क.नगरपालिकाको बजेट
ख.प्रदेशको बजेट
ग. संघको बजेट
घ.वैदेशिक सहयोग

२. जेसिजको स्कुलिङ्गबाट आएको हुनाले एक ब्यक्ती , एक पद , एक कार्यकालको नीति अनुसार बिजयी भएको अवस्थामा अर्को कार्यकाल नदोहोर्याउने प्रतिबद्धता गर्दछु।

३. ५ बर्षे कार्यकालमा प्राप्तहुने सेवा सुबिधा लिने छैन र सो सेवासुबिधाबाट नगरकै कुनै एक बिकट क्षेत्रको बिधालयमा भौतिक निर्माणमा प्रदान गर्नेछु।

४. नगरमा चुनौतिको रुपमा देखिएको फोहोरमैला समस्याको बैज्ञानिक ब्यवस्थापन गर्नेछु।

५. नगरपालिकाको गाडी सुबिधा लिने छैन बरु प्रत्येक वार्डमा नगरको तर्फबाट १/१ वटा एम्बुलेन्सको ब्यवस्था मिलाउने छु।

६. नगरमा टड्कारो आवस्यकता रहेको बारुणयन्त्र (दमकल)को ब्यवस्थापन गर्नेछु।

७.नगरभित्र रहेका सामुदायिक बिधालयको गुणस्तर वृद्धिको लागि देवचुली नगरपालिका शिक्षा शाखा सङ्ग समन्वय गरि देवचुली नगरलाई नवलपुर जिल्लाकै शैक्षिक केन्द्रबिन्दु बनाउनेछु।

८. नगरभित्र संचालित २ वटा सामुदायिक क्याम्पसको दिगो सन्चालन र स्थायित्वको लागि स्रोत ब्यवस्थापन सङ्गै नगरपालिको समन्वयमा उपर्युक्त स्थानमा बि. ई सिभिल लगायतका बिषय अध्ययन अध्यापन हुने गरि प्राबिधिक कलेजको स्थापना गर्नेछु।

९.नगरभित्र संचालित बिज्ञान तथा प्राबिधिक बिधालयहरुलाई प्रोत्साहन हुनेखालका कार्यक्रम ल्याउनेछु।

१०.एक स्थानिय निकाय एक खेलकुद मैदान कार्यक्रमलाई केन्द्र सङ्ग पहल निरन्तरता दिईनेछ।

११. खेलकुदको प्रोत्साहनको लागि कभर्डहल निर्माण लगायत बिबिध खेलकुद कार्यक्रमहरुमा अनुदानको ब्यवस्था मिलाउनेछु।

१२. नगरपालिका भित्र ट्र्मा सेन्टर स्थापनको लागि केन्द्रिय सरकार सङ्ग पहल गर्नेछु।

१३. नगर अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा संचालन गर्न आवस्यक ब्यवस्था मिलाउनेछु।

१४. बर्सेनि सर्पको त्रास र टोकाईबाट हुने मृत्यु कम गर्न नगर स्वास्थय शाखा सङ्ग समन्वय गरि नगरमा १ सर्प विशेषज्ञ नियुक्ति गर्नेछु।

१५. नगरक्षेत्र भित्र पर्ने राजमार्गमा सिसि क्यामेरा जडान गरि दुर्घटना कम गर्न सार्वजनिक यातायातलाई यात्रु चढाउने र झार्ने ठाउँको निश्चित गरि बस स्टेशन निर्माण गर्नेछु।

१६. नगरभित्र एउटा उपर्युक्त स्थान छनौट गरि ऐतिहासिक संग्रहालय र चिडियाखाना स्थापनाको पहल गर्नेछु।

१६. ऐतिहासिक स्थल देवचुली डाडालाई प्रवर्द्धन गर्न मेरो कार्यकाल भित्र देवचुली पर्यटन बर्ष मनाईनेछ।

१७.देवचुली नगरपालिका क्षेत्रमा जडिबुटी खेती, आलुखेती , कागतीखेती , सुन्तलाखेती ,अदुवाखेती, केराखेती लगाएतका कृषि खेतिलाई प्रोत्साहन हुनेगरी अनुदानको ब्यवस्था मिलाईनेछ।

१८. नगरमा उत्पादित कृषिजन्य सामाग्रीको खपत , परनिर्भरता कम गर्न र बिचौलिया रहित सर्वसुलभ रुपमा कृषिजन्य बस्तु किनबेचको लागि नगर भित्र एक मण्डिको स्थापना गर्नेछु।

१९. अल्पसंख्यक , दलित , जनजाती समुदायलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनेछु र सो समुदायका बिद्यार्थीहरुलाई निश्चित संख्यामा छात्रवृत्तिको ब्यवस्था सहित उच्च शिक्षा अध्ययनको ब्यवस्था मिलाउनेछु।

२०.कर्तव्यनिष्ट निजामती कर्मचारी , स्वास्थ्य र शिक्षाका कर्मचारीहरुलाई आकर्षक प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुका साथै बालबिकास , करार , राहत लगाएत बिभेदमा परेका कर्मचारीका जायज माग सम्बोधन गर्नेछु।

२१.पर्यटन पर्वदन गर्न नगरभित्र सन्चालित होमस्टेहरुलाई अनुदानको ब्यवस्थापन मिलाउनेछु।

२२.प्राकृतिक सम्पदा संरक्षणको लागि ५० बर्षे दिगो बिकासका कार्यक्रमहरु ल्याउनेछु।

२३. देवचुली नगरपालिकालाई अन्तरास्ट्रिय स्तरमा सम्बन्ध स्थापित गर्न सफल बैदेशिक नगरपालिका सङ्ग भगिनी सम्बन्ध कायम गरि नगरपालिकालाई अन्तरास्ट्रिय गुणस्तर चिन्ह प्राप्तिको लागि पहल गर्नेछु ।

२४. भुमिहिन किसानको पुर्जा प्राप्तिको लागि संबंधित मन्त्रालय सङ्ग समन्वयन गरि यथासक्य छिटो पुर्जा बितरणमा पहल गर्नेछु।

२५. नगरबाट प्रदेश राजधानी जोड्ने बाटो दलदले मुण्डे सडकखन्ड स्तरोन्नति गर्न पहल गर्नेछु ।

२६.नारायणी किनार क्षेत्रमा तटबन्धनको लागि केन्द्र सङ्ग पहल गरि त्यहा बसोबास गर्ने बासिन्दाहरुलाई स्व रोजगारको कार्यक्रम संचालन गर्नेछु ।
थप विवरण पढ्न फोटोमा क्लिक गर्नुहोस ।
.
.
.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...