बैशाख ६, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगरको बैठकले नगरप्रमुखको उम्मेदवारमा हालका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सहित ५ जनाको नाम सिफारिसको निर्णय गरेको छ ।
बैठकले मेयर पदको उम्मेदवारमा ढकालसंगै हालै शिक्षण सेवाबाट राजिनामा दिनुभएका ऋषिराम काफ्ले, महिला नेतृ अम्बिका लामिछाने, माडी नगर अध्यक्ष प्रभु महत्तो र भरत तिमिल्सिनालाई सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी उपमेयर पदको उमेमेदवारका रुपमा सन्तोष पनेरु, बिष्णु क्षेत्री, साबित्रि पाण्डे, डिलकुमारी काफ्ले र बिश्वमति महत्तोलाई सिफारिस गरेको हो । त्यस्तै वडा तहका उम्मेदवारको निर्णय गर्ने अधिकार नगर कार्यालयलाई दिने निर्णय भएको माओवादी केन्द्र माडी श्रोतले जनाएको छ ।
Post Views: 100