बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन्। भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन सुवेदीले राजीनामा दिएका हुन्।
उनलाई नेकपा एमालेले भरतपुरकाे मेयरको रुपमा सर्वसम्वत उम्मेदवार सिफारिस गरेको थियो । बिहीबार सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र पेस गरेका छन्।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन्।
निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ। चितवनको क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष ३ महिना बागमती प्रदेशसभा सदस्यको रुपमा रहेरे काम गरे।
Post Views: 73