८ वैशाख । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक ज्यान गुमाएका मजदुरको पहिचान खुलेको छ । मृत्यु हुनेमा अक्सिजन प्लान्टमा कार्यरत ४५ वर्षीय जिजु महतो रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । विस्फोटमा परी ६ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । घाइतेहरूलाई अस्पताल लगिएको पनि प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई उद्धार गरिरहेको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।