महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

काठमाडाैं, ८ वैशाख । आसन्न स्थानीय तहकाे निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)काे सचिवालय बैठक आज बिहीबार बस्दैछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र  जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेकाे भाेलिपल्ट एमालेले सचिवालय बैठक डाकेकाे हाे ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search