सर्वोच्चले रोक्यो गिट्टी, बालुवा र ढुंगाको निकासी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं । सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाउने निर्णय गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासको आज (बुधबार) काे आदेश अनुसार गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाउने निर्णय गरेको उक्त मुद्दाका बहसकर्तामध्येका एक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर भारततर्फ ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने निर्णय भएकोमा त्यसलाई सर्वोच्चले रोकेको हो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेट मार्फत चुरे दोहन गरी ढुंगा, गिट्टी लगायतको वस्तुहरुको निकासी गर्ने योजना सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...