नेपाली काँग्रेस देवचुली १ को वडाध्यक्ष पदका लागि बस्ताकोटीको उम्मेदवारी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस देवचुली वडा नं १ ले उम्मेदवार टुङ्गो लगाएको छ । बुधबार बसेको भेलाले देवचुली वडा नं १ को वडाध्यक्ष र सदस्य पदका लागि ४ जना उम्मेदवारहरुको नाम घोषणा गरेको हो ।


नेपाली काँग्रेस देवचुली वडा नं १ को वडाध्यक्ष पदका लागि अनिल बस्ताकोटीलाई उम्मेदवारको रुपमा खडा गरिएको छ । यसैगरि पुरुष वडासदस्य तर्फ दल बहादुर चौधरी, रोशन पौडेल, महिला वडासदस्य तर्फ सविना माझी पङ्गेनीको उम्मेदवारी रहेको छ । नेपाली काँग्रेसबाट देवचुली नगरपालिका भित्र वडा नं १ ले पहिलो उम्मेदवारी घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...