पल शाहा प्राकरण : फेरिन बाल गायिकाले बयान ! भनिन् घटना नै घटेको छैन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर – नवलपुर जिल्ला अदालतमा पनि पल बिरुद्दको बकपत्रमा बाल गायिकाले बयान फेरेकी छन् । आज भएको नवलपुर जिल्ला अदालतमा दिएको बकपत्रमा तनहुँ जिल्ला अदालतमा बोलेको भाषा नै दोहोर्याएकी छिन ।  आज उनको मात्र बकपत्र लिएर सकिएको विशेष श्रोतले जनाएको छ ।


अन्यको भोलि बकपत्र लिइने जनाएको छ । आफुमाथी बलात्कार भएको भनेर बाल गायिकाको बुवाले तनहुँ र नवलपुरमा छुट्टाछुट्टै जाहिरि दिएका थिए । नवलपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश नन्द किशोर प्रसाद यादबको इजलासमा आज बकपत्र लिइएको हो । गायिकाले घटना नै नभएको बताएको अदालत श्रोत बताउछ ।

नवलपुरमा पिडित भनिएकी बाल गायिका ,गायिका गायिकाको बुवा ,कलाकार दुर्गेश थापा , सरकारी साक्षी ,डक्टर लगायतको बकपत्र तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...