काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। काठमाडौंको राष्ट्रियसभा गृहमा मंगलबार आयोजित कार्यक्रममाबीच समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
पार्टीका उपमहासचिव डा. विजय पौडेलका अनुसार एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर घोषणा पत्र निर्माण गरिएको छ ।
त्यसैगरी घोषणा पत्रमा नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरुलाई समेत उल्लेख गरिएको छ ।
एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ ।
Post Views: 73