पूर्वी नवलपरासी , देवचुली ६ बैशाख ।
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकामा पहिलो पटक वडाध्यक्ष पदमा महिलाको उम्मेदवारी रहने भएको छ । नेकपा एमाले देवचुली वडा नं ७ ले जनप्रतिनिधि मध्ये ४ जना महिलालाई अघि सारेको छ ।
सोमबार साँझ बसेको भेलाले नेकपा एमाले देवचुली ७ को वडाध्यक्ष पदमा भुमिसरा आलेलाई उम्मेदवारको रुपमा अगाडि सारेको नेकपा एमाले देवचुली नगर समितिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो ।
यसैगरि पुरुष वडा सदस्य तर्फ ओमप्रकाश तिवारी, महिला वडा सदस्य तर्फ खिलकुमारी तामाङ, रुपा काफ्ले र दलित महिला सदस्यतर्फ आशा वि.कलाई उम्मेदवारको रुपमा अगाडि बढाइएको नेकपा एमाले देवचुली नगर समितिका सचिव डिलाराम पाण्डेले बताउनुभयो ।
महिलाहरुलाई पनि पुरुष सरह समान अधिकार दिनुपर्छ भन्ने उद्धश्येले नेकपा एमालेले यसपटकको स्थानीय तहको निर्वाचनमा महिलालाई अघि सारेको नगर अध्यक्ष केसीले बताउनुभयो ।