माधव नेपालले कांग्रेसलाई धम्क्याएछन्, यो चुनावदेखि उनको तेल सकिन्छ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौँ बैशाख ५ ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको तेल यो चुनावदेखि सकिने बताएका छन्।

सोलुखुम्बुमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘माधव नेपाले हिजो मात्रै भाषण गरेर कांग्रेसलाई धम्क्याएछन्। एमाले कमजोर बनाउने, सिद्धयाउनेलाई हेप्ने भनेर गठबन्धन छाड्छु भन्दै धम्क्याएका थिए’, उनले भने, ‘यो चुनावसम्म माधव नेपालको तेल रहन्छ। माधव नेपाल कम्युनिष्ट विरोधी हुन्। बलियो पार्टी देख्न नसक्ने रहेछन्। उनलाई महासचिव बनाएर हामीले १५ वर्ष काँधमा बोकेर हिँड्यौँ। तर २४० स्थानमा चुनाव लड्दा माधव नेपालले एमालेलाई ३३ ठाउँमा झारेर ध्वस्त बनाए।’

नेपालले पार्टी सक्न लागेपछि अध्यक्ष र महासचिवबाट उनलाई हटाएको पनि ओलीले बताए।

‘पार्टी बलियो बनेपछि माधव नेपाललाई निद्रा लाग्न छाड्यो, छटपटी भयो अनि पार्टी फुटाएर कांग्रेसका पछि लुरुलुरु हिँडेका छन्’, उनले भने, ‘माधव नेपाल जस्ता अपराधी मान्छेलाई अब आउँछु भने पनि ठाउँ हुने छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...