४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं, ५ वैशाख । स्थानीय तह निर्वाचनका लागि हालसम्म ९५ लाख मतपत्र छापिएको छ । निर्वाचन आयोगले ४६ जिल्लाका लागि १५ लाख २५ हजार थान मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी दिएको छ ।

आयोगले आज गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १ करोड ९४ लाख मतपत्र मध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको जानकारी दिएका हुन् । आयोगले आचारसंहिता उलङ्घन गर्ने राजनीतिक दल र नेताहरूसँग जवाफ माग गरेको छ ।
आयोगले विभिन्न राजनीतिक दल र नेताहरूले आचारसंहिता उलंघन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेश गरेको र केही आउने क्रममा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...