रुससँगको शान्तिवार्ताका लागि युक्रेनी भूमि नत्याग्ने जेलेन्स्कीको दाबी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्नका लागि देशको पूर्वी भूभाग नत्याग्ने बताएका छन् ।

शुक्रवार सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीले डोनबास क्षेत्रमा युक्रेनी सेना मस्कोको सेनासँग लड्न तयार रहेको बताए । उक्त क्षेत्रमा हुने लडाइँले युद्धको दिशा निर्धारण गर्ने उनको भनाइ छ ।

रुसले डोनबास कब्जा गरेमा किएभ पनि नियन्त्रणमा लिनका लागि प्रयास गर्न सक्ने जेलेन्स्कीले बताए ।

‘त्यसैले हामीले उनीहरूलाई जित्न दिन हुन्न । हामी दह्रो गरी उभिनुपर्छ । डोनबासको लडाइँले यस युद्धको दिशालाई प्रभावित पार्न सक्छ,’ जेलेन्स्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...