ललितपुर, ५ वैशाख । महाङ्काल गाउँपालिका ३ गोटिखेल स्थित जप्कामा आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय टुङुनका वरिष्ठ प्रहरी हवल्दार प्रितम रानामगरका अनुसार स्थानीय भोगबहादुर घिमिरेको चौरासी पूजा स्थलमा ग्यास पड्किएर आगलागी भएको हो । आगलागीबाट साढे सात लाख नगद सहित २ तोला सुन,चाँदीका गरगहनासहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
Post Views: 46