रामकुमारी झाँक्रीले भनिन् गठबन्धन नभए त बर्वादै हुन्छ

काठमाडौँ ।

नेकपा एसकी नेतृ एवं शहरी विकास मन्त्री रामुकमारी झाँक्रीले आगामी निर्वाचनमा जसरी भए पनि गठबन्धन गरेरै जानुपर्ने बताएकी छिन् । केहि दिन अघि मात्रै काग्रेस जस्तो राम्रो साथी पाएकाले एमाले फुटाएकोमा आफुहरुलाई कुनै पछुतो नलागेको अभिव्यक्ति दिएकी झाँक्रीले गठबन्धनमा गम्भिर गडबढ सुरु भएको संकेत गरेकी छिन् । उनले एक्लै एक्लै त हिड्नै नहुने पनि बताएकी छिन् ्।

झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।काभ्रेपलाञ्चोकको पाँचखालमा शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्ध भएको हुनाले एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् ।

यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उनको भनाइ छ ।

‘सबैसँग एकअर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न गठबन्धन गरेका हौं,’ उनले भनिन्, ‘एक्लै हिँड्छु भनेर हिँड्यौं भने हामी कहीँ पुग्दैनौं, हामी सँगसँगै हिँड्यौं भने लक्ष्य हासिल गर्न सकिन्छ ।’

पछिल्लो समय गठबन्धनमा समस्या भएको र नेकपा एमाले विभाजन गरेर बेनेको नेकपा एसले आफ्नो औकात भन्दा ठूलो भाग खोजेका कारण भागबण्डानै मिलाउँन सकस परिरहेको कुरो स्वयं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले समेत बताइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search