काडमाडाैँ । पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।
थुनछेकपछि अदालतले गराइरहेकाे बकपत्रका क्रममा नाबालिगले बयान फेरेकी हुन् । जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकाे स्राेतले बताएकाे छ ।
नाबालिगले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बकपत्र गरेकी छन् । पलविरुद्ध नाबालिगले तनहुँ र नवलपुर अदालतमा बलात्कारकाे मुद्दा दायर गरेकी थिइन् । दुवै अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाएकाे थियाे ।
Post Views: 94