कावासोती नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट शालिकराम भट्टराई उठ्ने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती ।  नेकपा एकीकृत समाजवादीले कावासोती नगर प्रमुख र उपप्रमुख सहित ११ वटा वडा अध्यक्षको टुङ्गो लगायो बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी कावासोती नगरपालिकाको प्रमुख र उप प्रमुख सहित सबै वडा अध्यक्षको टुङ्गो लगाएको छ ।

आज बैठक बसि नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष शालीकराम भट्टराई र उप प्रमुखमा नेकपा एकीकृत समाजवादी भातृ संगठन अनेराश्ववियु केन्द्रिय सचिब ठाकुर पराजुलीको उमेदवार रहने नेकपा एकीकृत समाजवादी नवलपुरले जनाएको छ ।

वडा अध्यक्षका लागि वडा नं. १ मा राजेन्द्र काफ्ले, वडा नं. २ मा गोविन्द सुनार , वडा नं. ३ मा लक्ष्मण पाण्डे , वडा नं. ४ मा हेम नाथ भट्टराई, वडा नं. ५ मा टेक सापकोटा, वडा नं. ८ मा विजय भण्डारी, वडा नं. ११ मा मदन गिरी, वडा नं. १२ मा विश्व काफ्ले , वडा नं. १४ मा नारायण सिग्देल , वडा नं. १६ मा रिदम गैरे वडा नं. १७ मा रामु पौडेलको उमेदवारी रहने उमेदवार रहेको नेकपा एकीकृत समाजवादी कावासोती नगर सचिव मौलादिन मियाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...