धादिङमा माइक्रो दुर्घटना एक जनाको मृत्यु , १६ घाइते

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

धादिङ। पृथ्वी राजमार्गअर्न्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आइतबार बिहान तीनवटा सवारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीय मुना गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारका क्रममा मत्यु भएको हो ।

दुर्घटनामा तनहुँको व्यास-१२ घाँसीकुवा बस्ने ३४ वर्षीय बुद्धिसागर थापा, चितवनको माडी नगरपालिका ९ बस्ने ३५ वर्षीयकुमार सिंह भुजेल, माइक्रोका सहचालक व्यास नगरपालिका ४ बस्ने २८ वर्षीय नवीन ढकाल, व्यास नगरपालिका ३ बस्ने ३८ वर्षीय सिमा शाही ठकुरी, माइक्रोका चालक व्यास ११ बस्ने ४२ वर्षीय डम्बरबहादुर विक, म्याग्दे गाउँपालिका १ बस्ने ४८ वर्षीय राजु लम्साल, वतन नखुलेको ३५ वर्षीय पूर्णबहादुर नेपाली घाइते भएका छन् ।

त्यस्तै तनहुँ बन्दिपुर गाउँपालिका १ बस्ने ३८ वर्षीय अर्जुन विश्वकर्मा, ४६ वर्षीया राज्यलक्ष्मी श्रेष्ठ, व्यास-१० बस्ने २५ वर्षीय जितु सुनार, व्यास नरपालिका ११ बस्ने ४५ वर्षीया मिरा खड्का, सोही ठाउँका ४० वर्षीया सरस्वती राई, म्याग्दे गाउँपालिका ६ बस्ने ३० वर्षीय लालबहादुर परियार, व्यास नगरपालिका १० बस्ने ५१ वर्षीय टिकाबहादुर दरै घाइते भएका छन् ।

सामान्य घाइते भई मलेखु टिचिङ अस्पतालमा उपचाररत नवलपरासी कावासोती नगरपालिका १५ बस्ने ४० वर्षीय विजय बोटे र तनहुँ व्यास नगरपालिका ११ बस्ने १८ वर्षीय कोपिला राई भने डिस्चार्ज भएका छन् ।

घाइतेहरू सबैलाई धादिङको गजुरी अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचारपश्चात काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक चालक फरार छन् भने कार चालक प्रहरीको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...