शिक्षकले अश्लिल भिडियो देखाएपछि गैंडाकोटको जनक स्कूल तनावग्रस्त

गैंडाकोट, ४ वैशाख । गैंडाकोटको जनक कलेजमा अध्यापन गराउने एक शिक्षकले कलेजको १२ कक्षामा अध्यायनरत एक छात्रालाई मोवाइलबाट अश्लिल भिडियो देखाएको ४ दिन वितिसक्दा पनि कार्यवाही नगरिएको भन्दै कलेज र स्कूलका आक्रोशित विद्यार्थीहरुले विद्यालय परिसरमा आगजनी एवं तोडफोड गरेका छन । उनिहरुले स्कूल परिसरमै दुईवटा मोटरसाइकलमा आगो लगाएका छन भने स्कूलको भौतिक सामानहरुको तोडफोड गरेका छन् ।


स्थिति तनावग्रस्त भएपछि स्कूलको हाताभित्र प्रहरी तैनाथ गरिएको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि विद्यार्थीहरु झन आक्रोशित बनेका छन । अहिले त्यहाँको अवस्था झन तनावग्रस्त बन्दै गएको छ । विद्यालय प्रशासनले ओरोपित शिक्षकलाई कार्यवाहीकालागि वेवास्ता गरेर उल्टै संरक्षण दिएको विद्यार्थीहरुले आरोप लगाएका छन । कलेजकी छात्रालाई शिक्षकले अश्लिल भिडियो देखाउँदै कलेजको ल्यावमा दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको छ । घटनामा केही विद्यार्थीहरु र प्रहरी समेत घाइते भएका छन । घटनाको यकिन विवरण अझै आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search