पूर्वी नवापलारासी ,रजहर। देवचुली १६ रजहरमा रहेको धुसेरी सामुदायिक वन उपभोक्ता समूह देवचुली १६ र १७ को अध्यक्ष वुद्धिप्रसाद पौडेलले राजिनामा दिएपछि उपाध्यक्ष रत्नप्रसाद सापकोटालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको छ ।
वनको ३१ औँ साधारण सभा तथा १५ औँ अधिवेशनबाट गत फागुन २८ मा सर्वसम्मत निर्वाचित पौडेलले घरायसी एवं स्वास्थ्यका कारण जनाउँदै वैशाख १२ गते राजीनामा दिएपछि सापकोटालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको हो । शुक्रबार बसेको विशेष भेलाले जेठ ७ गतेसम्मका लागि कार्यबाहकको जिम्मेवारी दिने निर्णय गरेको हो । हाललाई स्थानीय निर्वाचनमा होमिनुपर्ने र निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा जेठ ७ पछि मात्र विशेष साधारण सभा आह्वान गरी अध्यक्ष चयन गरिने निर्णय भएको वनका कार्यालय सचिव चिन्तामणी चापागाईंले जानकारी दिनुभयो ।
विशेष भेलामा स्थानीय वुद्धिजिवी, समाजसेवी, वनका सल्लाहकार, कार्यसमिति, अनुगमन समिति, टोलका प्रमुख एवं उप प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
Post Views: 143