गैँडाकोटमा शिक्षकले दुव्र्यवहार गरेको भन्दै स्थानीय आन्दोलीत

पूर्वी नवलपरासी, गैँडाकोट । जनक माध्यामिक विद्यालय गैँडाकोट ५ मा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गरेका छन् । कक्षा १२ मा अध्ययनरत एक छात्रामाथि शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी तथा स्थानीय आन्दोलनमा उत्रिएका छन् । विद्यालयमा तोडफोड गरिएको छ । विद्यालय परिसरमा नै २ वटा मोटरसाइकल जलाइएको छ ।

यसैगरि शिक्षकहरुलाई विद्यालयभित्रै सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेको छ । घटनाका सम्बन्धमा स्थानीय र विद्यालय प्रशासनबीच विहान छलफल भएपनि अहिले स्थिति तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search