पहिलोपटक एमाले मुक्त जिल्ला घोषणा, केन्द्रिय नेतासहित झण्डै ५ हजार माओवादीमा प्रवेश !

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाण्डौँ ।

चुनावको मिति नजिकिँदै जादा विभिन्न दल अदल बदल गर्ने प्रकृया तीव्र बनेको छ । माओवादी केन्द्र प्रती जनलहर बढेको छ। दैनिक हजारौंको संख्यामा माओवादी प्रवेश गरिरहेका छन। आज नुवाकोट, रौतहट लगायतका जिल्लाबाट गरी हजारौं एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नुवाकोट माओवादीको अखडा बनेको छ ।

नुवाकोट बेलकोटगढीका एमाले नेता एवं मेयरका दाबेदार माधव प्रसाद पाण्डेको नेतृत्वमा एमाले, काँग्रेस र राप्रपा परित्याग गरी २० हजार नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । धेरै नेता कार्यकर्ता काठमाडौ आउन नभ्याएकोले स्थानिय तहमा नै प्रवेश गरेका छन ।नव प्रवेशीहरु मध्ये पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

यसै गरी एमालेकै रौतहट जिल्ला नेता सञ्जीव कुमार शाहको नेतृत्वमा मधेश प्रदेशबाट ५ हजार कार्यकर्ताहरु माओवादी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । प्रचण्डले सो कार्यक्रममा परिवर्तन उल्ट्याउन खोज्नेहरु बिरुद्ध शसक्त भएर उभिनु पर्ने आवस्यकता रहेको भन्दै नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

उनले देश र विकासको पनि नेतृत्व माओवादीले मात्रै गर्न सक्ने भन्दै मधेशी, थारु, आदिवासी, दलित, महिलाको हक र अधिकार माओवादी आन्दोलनकै कारण संभव भएकाले देशको विकास र नेतृत्वका लागि माओवादीलाई साथ दिन अपील गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...