आइपिएलमा मुम्बईको इतिहासकै खराब प्रदर्शन, लगातार छैटौं खेलमा पराजित

आइपिएल २०२२ मा मुम्बई इन्डियन्स लगातार छैटौं खेलमा पराजित भएको छ।

पाँचको च्याम्पियन मुम्बईको यो आइपिएलमा अहिलेसम्मकै खराब सुरुवात हो।

लगातार छैटौं खेलमा पराजय भोगेको मुम्बईलाई शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले १८ रनले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको लखनउले ४ विकेटको क्षतिमा १९९ रन जोड्यो।

उसका लागि कप्तान केएल राहुलले नटआउट १०३ रन जोडे। ६० बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे। यो राहुलको आइपिएलमा दोस्रो शतक हो।

२०० रनको लक्ष्य पछ्याएको मुम्बईले ९ विकेटको क्षतिमा १८१ रन मात्र जोड्न सक्यो।

उसका लागि सूर्यकुमार यादवले सबैभन्दा बढी ३७ रन जोडे।

बलिङमा लखनउका अभेष खानले ३ विकेट लिए।

जितसँगै लखनउ ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पुछारको मुम्बई अंकबिहीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search