हाटबजार लाग्दै आएको ठाउँमा नगरपालिकाको कब्जा, सर्यो चोरमाराको हाटबजार स्थान नै

पूर्वी नवलपरासी , मध्यविन्दु – ७  चोरमारामा विगतमा शनिबार लाग्दै आएको साप्ताहिक हाटबजार पहिलेको ठाउँदेखि सरेको छ ।

यस अघि बजार देखि दक्षिणतर्फ लाग्दै आएको शनिबारे साप्ताहिक हाटबजार आज देखि मध्यविन्दु नगरपालिकाको कार्यालयदेखि पछाडीपट्टी मंगलबार लाग्ने साप्ताहिक हाट बजार स्थलमा सरेको हो । पहिले शनिबार लाग्ने हाटबजार स्थलमा नगरपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गर्ने भएपछि हाटबजारलाई सारिएको हो ।

आजबाट मंगलबार लाग्दै आएको हाटबजार स्थलमा नै शनिबारे हाटबजार लाग्ने हाट बजार व्यवस्थापन समिति पश्चिम सेक्टरका सहसचिव पदम मोक्तानले जानकारी दिनु भयो । पहिलेको ठाउँमा शनिबार लाग्ने हाटबजार सरेर आज देखि मंगलबार लाग्ने हाटबजार स्थलमा बजार लाग्न थालेको जानकारी उहाँले ग्राहक वर्गमा गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search