भरतपुर कांग्रेसका ५० कार्यकर्ताले दिए राजीनामा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन । पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको भन्दै चितवनको भरतपुर महानगरपालिका वडा नं. -१७ मा कांग्रेसका ५० कार्यकर्ताले राजीनामा दिएका छन् ।

शनिबार एक कार्यक्रम अयोजना गरी वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित ५० जना क्रियाशील तथा साधारण सदस्यले राजीनामा दिएका हुन् ।

राजीनामा गर्नेहरूमा प्रकाश कँडेल, डिलाराम कँडेल, रामु सापकोटा, पुनाखर गैरे, रितनारायण श्रेष्ठ, कृष्णप्रसाद ढकाल, माधवप्रसाद सापकोटा, निर्मला गैतम, मीरा पोखरेल, बलराम कँडेल लगायत रहेका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा जनताका आधारभूत आवश्यकतामा मौन रहेने स्वार्थ केन्द्रित राजनीतिक दुष्चक्रबाट आजित भएको उल्लेख गरिएको छ । उनीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकामा पनि विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...