‘केजीएफ–२’ ले बक्स अफिसमा ल्यायो सुनामी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

एजेन्सी, ३ बैशाख । यश स्टारर फिल्म केजीएफ २ ले भारतमा शानदार ओपनिङ गरेको छ । फिल्मले हिन्दी बेल्टमा दोस्रो दिन ४६ करोड ७९ लाख रुपैयाँ कमाएको हो ।

योसँगै फिल्मले हिन्दी भाषामा मात्रै १०० करोड ७४ लाखको व्यापार गरेको छ । हिन्दी संस्करणमा दुई दिनमा यति धेरै कमाउने यो पहिलो फिल्म हो, यसअघि बाहुबली–२ ले दुई दिनमा ८१ करोड कमाएको थियो । योसँगै केजीएफ–२ फिल्मले दोस्रो दिन विश्वभर १३९ करोड २५ लाख रुपैयाँ कमाएको छ ।

पहिलो दिनको विश्वव्यापी कलेक्सन १६५ करोड थियो । फिल्मले दुई दिनमा कूल ३०४ करोडको व्यापार गरेको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्ममा कन्नड अभिनेता यशका अलावा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ–२ हिन्दी बक्स अफिसमा सुनामी भएको बताएका छन् । फिल्मले दोस्रो दिन अर्थात शुक्रबार ४६ करोड ७९ लाख र ओपनिङ दिनमै ५३ करोड ९५ लाख कलेक्सन गरेको छ । यसअघि समालोचक मनोबालाले फिल्मलाई ऐतिहासिक भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...