गठबन्धनविरुद्ध नबोल्न कांग्रेसको कडा निर्देशन

३ बैशाख,नवलपुर
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल र गठबन्धनविरुद्ध नबोल्न निर्देशन दिएको छ।
निर्बाचन नजिकिदै जादा माओबादी र एकिकृत समाजबादीलाई कांग्रेस कार्यकर्ताले तथानाम भन्ने गरेको भन्दै कांग्रेसले त्यस्तो नगर्न कडा निर्देशन समेत दिएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले स्थानीय तहमा गठबन्धनविरुद्ध नजान र नबोल्न निर्देशन दिएको हो।
त्यस्तै चुनावी सभाहरूलाई चुस्त र छरितो बनाउन आग्रह गरेको छ। चुनावी सभा र प्रचारप्रसार समेतमा गठबन्धनलाई सामेल गरी व्यवस्थित गर्न निर्देशन दिएको हो । बैठकले स्थानीय तह, वडा र टोलमा हुने चुनावी सभाको मापदण्ड तय गरेको हो। मापदण्ड अनुसार चुनावी सभा र प्रचारप्रसारका कार्यक्रम चुस्त र छरितो हुनुपर्ने छ। चुनावीसभा बढी दुई घण्टासम्म मात्रै सञ्चालन गर्नुपर्ने छ।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले चुनावमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए। ‘गठबन्धनलाई साथसाथै लैजानुपर्छ। गठबन्धन बिना कांग्रेस पनि बलियो हुन सक्दैन,’ उनले भने।
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि सबै प्रदेश, पालिकामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ। वडा वडामा सबै गठबन्धनलाई चित्त बुज्ने गरी गठबन्धन गर्ने समेत कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search