पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस सडकदेखि झन्डै ४ सय मिटर तल खसेर दुर्घटना भएको हो।
रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस सडकदेखि झन्डै ४ सय मिटर तल खसेको हो। दुर्घटनामा गाडी चालक छहरा–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जीसी र १० वर्षीय अशोक रास्कोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
त्यस्तै दुर्घटनामा चार जना बालबालिका गम्भीर घाइते भएका छन्। ७ वर्षीय रोहित घर्ती, ८ वर्षीय मिलन बगाले, ८ वर्षकै रोमन घर्ती र ९ वर्षीय खिमबहादुर घर्ती गम्भीर घाइते भएका हुन्। उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।