सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको भन्दै प्रगतिशील पत्रकार संघ रुपन्देहीको आपत्ति

बुटवलमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै प्रगतिशील पत्रकार संघ, रुपन्देहीले आपत्ति जनाएको छ ।

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गरेको थियो ।

समाचार संकलनमा पर्याइएको अवरोध र पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारको प्रगतिशील पत्रकार संघ, नेपाल जिल्ला शाखा रुपन्देहीले विज्ञप्ति निकालेर विरोध गरेको हो ।

संघका जिल्ला सचिव टेकराज भुसालले जारी गरेको विज्ञप्तिमा पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ ।

प्रगतिशील पत्रकार संघ, जिल्ला शाखाका अनुसार पत्रकार शरण कर्माचार्य, दिनेश श्रेष्ठ, डिवी सुस्लिङ र सन्तकुमारमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो ।

‘प्रहरीको उक्त कार्य प्रेस स्वतन्त्रामाथिको ठाडो हस्तक्षेप भएकाले पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि यथाशीघ्र कारबाही गर्न प्रगतिशील पत्रकार संघ, नेपाल राज्यपक्षसँग माग गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search