गैंडाकोट, २ वैशाख । नेपाली काग्रेस गैंडाकोट नगर समितिले घोषणा पत्र निर्माणका निम्ति नगरवासीहरुसँग सुझाव संकलन गर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनकालागि नेकाले नगरवासी र मतदाताहरुसँग घोषणा पत्र निर्माणार्थ सुझाव आव्हान गरेको छ । शुक्रबार नगर पार्टी कार्यालय, काँग्रेसचोकमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराईएको हो । जनताका सुझावहरुलाई नेपाली काँगे्रसले पाँच प्रकारका माध्यमहरुबाट संकलन गर्ने जनाएको छ । सुझाव र सल्लाह संकलनकालागि आजदेखि बैशाख ५ गते विहान १० बजेसम्मका लागि ईमेल आईडी लभउबष्अियलनचभककघडण्२नmबष्।िअयm जारी गरेको छ । यसबाहेक आगामी बैशाख ४ गते विहानदेखि बेलुकी ५ बजेसम्म पार्टीको नगर कार्यालय बिपी स्मृति भवन काँग्रेस चोकमा सुझाव पेटिका राख्ने भएको छ ।
यस्तै नगरपालिकाभित्रका माध्यमिक विद्यालय तथा क्याम्पस परिसर बाहिर वैशाख ४ गते आइतवार बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म सुझाव पेटिका राखिने जनाएकोे छ । गैंडाकोट नगरपालिकाका १८ वटै वडाका नेपाली कांग्रेस वडा सभापति मार्फत लिखित वा मौखिक रुपमा आजदेखि बैशाख ४ गते बेलुकी ५ बजेसम्म सुझाव दिन सकिनेछ । बैशाख ४ गते आइतबार बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म गैंडाकोट नगरपालिकाको कार्यालय परिसर बाहिर पनि सुझाव पेटिका राखिने भएको छ । नगरबासी जनताले आफुलाई अनुकुल हुने उपरोक्त माध्यमहरु मार्फत आफ्ना सुझावहरु नेपाली काँगे्रस पार्टीलाई दिन सक्ने छन ।
नेपाली कांग्रेसले निर्वाचन आचार संहिताको परिधि भित्र रही सुझाव संकलनका गतिविधिहरु सम्पन्न गरिने पत्रकार सम्मेलनमा जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नगर सभापति बद्री सापकोटाले प्राप्त सुझावहरुका आधारमा छिटो भन्दा छिटो घोषणा पत्र वाहिर ल्याउने तयारी भएको बताउनुभयो । उहाँले त्यसकालागि नगर सचिव कृष्ण मुरारी खनालको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति बनेको जानकारी दिनुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सभापति बद्री सापकोटाले वडा अध्यक्षका उम्मेद्वारहरुको टुंगो लगाउन छलफल जारी रहेकाले यो बिषयले १/२ दिन भित्र निकास पाउने जानकारी दिनुभयो । ‘आकांक्षीहरु धेरै छन, वडाबाटै सर्वसम्मत गर्नुहोस भनेका छौं, हुन नसके नेकाको विधानमा स्पष्ट ब्यवस्था छ, विधानको व्यवस्थालाई अक्षरः पालना गर्छौ, त्यसै अनुसार हुनेछ सभापति सापकोटाको भनाई थियो ।
नगरमा गठबन्धनको छलफलमा भएको प्रगतिका बारेमा जानकारी दिँदै सभापति सापकोटाले विगतको स्थानिय निर्वाचनको मतभारका आधारमा गठबन्धनका दलहरुबीच सीट बिभाजन गर्ने सहमती भएको बताउनुभयो । तथापी नगर प्रमुख र उपप्रमुखमा गठबन्धनका अन्य दलहरुले दावी गर्न नहुनेउहाको तर्क थियो । केन्द्रमा भएको सत्तागठवन्धनको भावना अनुसार नै नगरमा पनि मिलेर जानेमा आफुहरु जिम्मेवारी भएको उहाँले बताउनुभयो ।
चुनावमा गठबन्धन गरेपनि घोषणापत्र भने नेपाली काँग्रेसले आफ्नै पार्टीबाट जारी गर्ने सापकोटाले बताउनुभयो ।
नगर सभापति बद्रि सापकाेटकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नगर उपसभापति राेशनभक्त अधिकारी, सचिवहरु गोविन्द घिमिरे, कृष्ण मुरारी खनाल, काँग्रेस नेता मदनभक्त अधिकारी, खेमराज सापकाेटा, तेजप्रसाद घिमिरे र संगिता घिमिरे काफ्ले लगायतकाे उपस्थिति रहेकाे थियाे ।