अग्रज सर्जकसँग प्रकाशको गुनासो

काठमाडौं । गायक प्रकाश सपूतले अग्रज सर्जकसँग गुनासो पोखेका छन् । आफ्नो पछिल्लो गीत ‘पिर’को विवादलालाई लिएर सर्जकहरुले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियालाई लिएर उनले गुनासो गरेका हुन् ।

उनले नेपालका सर्जकहरु स्वतन्त्र नरहेको पनि टिप्पणी गरे । “सर्जकहरुकै कुरामा एउटा गुनासो मेरो मनमा के थियो भने, नेपालका धेरै संगीतकार, साहित्यकार, निर्देशक तथा सर्जकहरु स्वतन्त्र रहेनछन् भन्ने महसुस भयो,” उनले गुनासो पोख्दै भने, “मैले एकदमै पढ्ने सुन्ने र आदर गर्ने धेरै सर्जकहरूले पनि त्यसलाई निश्चित विचारको रुपमा नहेरी प्रहारको रुपमा हेरेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनुभएको छ ।”

आफूले सानैदेखि पढेको सुनेको अनि प्रेरणाको स्रोेतको रुपमा लिएका दिग्गज व्यक्तित्वहरुबाटै यस्तो खालको प्रतिक्रिया आएपछि उनी केही निरुत्साहित पनि भए । तर, उनले नाम भने खुलाउन चाहेनन् ।

 

उनले एउटै क्षेत्रमा भएपछि एकअर्कालाई सहयोग गर्नुपर्ने र गल्ती भए व्यक्तिगत रुपमा औंल्याएर सुधारका लागि सुझावहरु दिनुपर्ने बताए । उनले ‘पिर’ गीतमा प्रयोग गरेका दृश्यलाई बिम्बको रुपमा र संगीत सिर्जनाको आयामको रुपमा लिनुपर्नेमा जोड दिए । कलाको रुपको रुपमा नलिएर सिर्जनालाई ‘नियोजित प्रहार’को संज्ञा दिएकोमा उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search