मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–४, झुर्कियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्थानीय २२ वर्षीय पंकज यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब ७ बजे प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search