रेनुलाई हामीले खोजेको होइन,भरतपुरका जनताले खोजेका छन् : नारायण दाहाल

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

राष्ट्रिय सभा सदस्यमा मनोनित भएका नारायण दाहालले भरतपुरमा रेनु दाहाललाई त्यहाँका जनताले खोजेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइसमेत रहेका उनले उनको कामले जनताले खोजेको बताए।

अब रेनुलाई हामीले खोजेको होइन, भरतपुरका जनताले खोजेका हुन्। त्यहाँको विकास निर्माण, त्यहाँका कामकारबाहीले गर्दा,उनले भने। उनले रेनु आफैं प्रचण्डको छोरी भएर होइन, आन्दोलनकारी भएर आन्दोलनमा आएको बताए। पार्टीको एउटा नेताको रुपमा आएको हो।

पार्टीको कार्यकर्ताको रुपमा आएको हो। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको हो, उनले भने। उनले अध्यक्ष प्रचण्ड र आफू एकै दिन होलटाइमर भएर हिँडेको भए पनि प्रचण्डको भाइ भनिएकाले अवसरहरु गुमाउनुपरेको बताए।

अध्यक्ष र म एकैदिन होल टाइमर भएर हिँडेको हो। म निरन्तर पार्टीमा छु, निरन्तर काम गरिरहेको छु। मेरो दाबी के छ भने यस्तै बाहिरको दाबीले गर्दा मैले पार्टीबाट जति अवसर पाउनुपर्ने हो, गुमाउनुपरेको हो, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...