सल्यान — जिल्लाको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ३ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका ४ धनवांगस्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र उनका १२ वर्षीय नाती दिनेश थापा घाइते भएका हुन् ।

घरमै सुतिरहेको बेला बिहीबार बिहान करिब ३ बजेतिर उनीहरुमाथि चट्याङ परेको थियो ।
बिहानै घाइतेहरुको उद्दार गरी उपचारका लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
चट्याङ लागेर थापाका एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको उनले जानकारी दिए ।
Post Views: 59