कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा१क ८८१७ नम्बरको मिनी ट्रकले को३६प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मिनीट्रकले प्रहरी सहायक निरीक्षक (असई) सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय रानिका प्रबत्ता एसपी नविन राईले बताए ।
बुधवार दिउँसो भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरको आर्या न्यूरो अस्पतालमा आज (बिहीवार) बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मण्डल सिआरभी पोस्ट् सोनापुरमा कार्यरत थिए ।
दुर्घटनामा सिआरभी सोनापुरमा कार्यरत असई राजवंशी पनि सामान्य घाइते भएका छन् । असई राजवंशी र हवल्दार मण्डल ड्युटीमा खटिएका बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक विराटनगर बस्ने ३२ वर्षीय सुजन थापा फरार रहेकाले खोजी गरीरहेको प्रहरीले जनाएको छ ।