अध्यक्ष रहबर अन्सारीसहित तीन जना माओवादी केन्द्रबाट आउँट !

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

यसरी निष्कासित हुनेहरुमा अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी रहेका छन् ।

रहबर गत निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेरयमा प्रतिस्पर्धा गरेका थिए भने आगामी निर्वाचनमा पनि उनी उम्मेदवार हुने चर्चा चलिरहेको थियो । तर उनलाई पार्टीबाटै निष्काशन गरिएको छ ।

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् ।

पार्टीको कार्यालय तोडफोड गरी जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरूले गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...