शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठिमिको आयोजनामा एक दिबसिय श्रब्य तथा श्रब्यदृश्य कार्यशाला सहजिकरण कार्यक्रम कावासोतिमा सम्पन्न भएको छ ।
ग्रामिण भेगका विधार्थीको शिक्षाको पहुच र गुणस्तर अभिबृदी गर्न यो कार्यक्रम प्रभाबकारी हुने भएकाले २०७२।७३ बाट सुरु गरिएको हो । २०७२/७३ बाट ग्रामिण क्षेत्रका १०० सामुदायिक बिधालयमा श्रब्य तथा श्रब्यदृश्य कार्यक्रम सुरु गरिएको थियो भने २०७४/७५ मा ६५ बिधालयमा थप गरिएको मानव स्रोत बिकास केन्द्रका निर्देशक माधब दाहालले बताउनु भयो ।
कार्यक्रममा बोल्ने वतmाले सुचना प्रबिधिमा आधारित शिक्षण सिकाई कार्यक्रम रहेकोले सुचनाको पहुच बाट टाढा रहेका बिद्यार्थीलाई प्रभावकारी हुन नसकेको बताएका थिए ।
शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कृष्ण चन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका निर्देशक माधब दाहाल र प्रसन्त कुमार महर्जनले गर्नु भएको थियो ।
शिक्षा बिकास तथा समन्वय ईकाई नवलपुरको संयोजनमा भएको कार्यक्रममा नवलपुरका ६ वटा पालिकाका बिद्यार्थी , शिक्षक , जनप्रतिनिधि , अभिभावक र शिक्षा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।