अमेरिकामा १३२ वर्षपछि इतिहास दोहोर्‍याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उनी दोस्रो व्यक्ति बनेका छन् ।

सन् २०१६ मा हिलारी क्लिन्टनसँग चुनाव जितेर ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड ट्रम्पले त्यो समयमा लोकप्रिय मत गुमाए पनि इलेक्टरहरुको मतले जितेका थिए । ३०६ मत ट्रम्पको आएर २७० को थ्रेसहोल्ड कटेर उनी विजय भएका थिए ।

सन् २०२० को चुनावमा भने उनले २३२ मात्रै इलेक्टरको मत पाएर पराजित भए । यो वर्षको चुनावमा फेरि डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्ने भएका छन् । उनको विजयको औपचारिक घोषणा हुन बाँकी भए तापनि उनले विजय भएको उद्घोष गरिसकेका छन् ।

ट्रम्पको जीतमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुदेखि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसम्मले बधाई दिइसकेका छन् । नेतान्याहुले त ट्रम्पको जीतलाई ‘इतिहासको सबैभन्दा महान पुनरागमन’को उपमा दिएका छन् ।

अमेरिकाका कडा प्रतिस्पर्धा हुने राज्यहरु जसलाई ब्याटलग्राउन्ड स्टेट्स भनिन्छ, त्यहाँ ट्रम्पले अग्रता लिएपछि जीत सम्भव भएको विश्व मिडियाहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search