जापानमा बृहत तिज धमका हुने

सुरेश भट्ट आश्रिन
नेपाली समाज होक्काइडाे जापानको आयोजनामा बृहत् सांस्कृतिक तिज धमाका आयोजना हुने भएको छ । महिला दिदिबहिनीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर नेपाली समाज होक्काइडाे जापानले   भोलि ”तिज धमका”कार्यक्रम आयोजना गर्न लागिएको होक्काइडाे स्थित नेपाली समाजका अध्यक्ष राजन गिरिले जानकारी दिए ।

उक्त कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन  पछिल्लो समयकी व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी  गायिका समीक्षा अधिकारी होक्काइडाे पुगिसकेकी र उनको प्रस्तुतिमा युवराज आचार्यले साथ दिने कार्यक्रम सन्चालिका  चाहना पुरीले जानकारी दिएकी हुन् ।

 

भोलि सेप्टेम्बर- २ सोमबार कडेरु सभाहलमा उपस्थित हुन होक्काइडाेमा रहेका महिला दिदिबहिनीहरुलाई  आयोजक संस्थाले हार्दिक आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search