काठमाडौं । गण्डकी प्रदेश लगायत कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली भएको छ मौसम बिभागले जनाएको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाको अनुमान छ ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा ० दशमलव २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै जिरीमा ५१ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।