सुर्योदय वोमि लघुबित्त वित्तिय संस्था करापुटार द्वारा सिङ्दिमा १ दिने बित्तिय साक्षरता तथा बाख्रापालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुबित्त वित्तीय संस्था लि शाखा कार्यालय करापुटारले लमजुङ जिल्लाको क्बहोलासोथार गाउ पालिका वडा नं ५ स्थित सिङ्दिमा १ दिने बित्तिय साक्षरता तथा व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले समुहमा आवद्ध समुह सदस्यहरुको क्षमता अभिवृद्धि १ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न गरेको हो ।

स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ शाखा कार्यालय करापुटार मा आवद्ध ५५ जना सदस्यहरुमा सञ्चालित कार्यक्रममा प्रशिक्षक अनुप देबकोटाले तालिमलाई सहजीकरण गर्नु भएको थियो ।

तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो ।
कार्यक्रमलाई सन्चालन सम्बन्धित शाखाका शाखा प्रमुख देबेन्द्र लम्सालले गर्नु भएको थियो । कार्यक्रम को अध्यक्षता सस्था आबद्द सदस्य तथा क्बहोलासोथार गाउ पालिका वडा न ०५ कि महिला सदस्य बर्ता गुरुङले गर्नु भएको थियो , प्रमुख अतिथी क्बहोलासोथार गाउ पालिका वडा न ५ का वडा अध्यक्ष श्री गित बहादुर गुरुङले गर्नु भएको थियो भने अतिथिमा सोहि वडाको सदस्य, आमा समुह उपाध्यक्ष , सचिब र सुर्योदय वोमी लघुबित्त स्टेशन कार्यालय लामाचौर का अधिकृत मेख बहादुर आले लगायत त्यँहा कार्यरत कर्मचारीहरुले व्यवस्थापन गर्नु भएको थियो।

कार्यक्रम को स्वागत मन्तव्य शाखाको लेखापाल अनुप राज घिमिरेले गर्नु भएको थियो र शुभकामना मन्तव्य , कार्यक्रम को औचित्य तथा बित्तिय साक्षरता सम्बन्धि कुराहरु अनुगमन अधिकृत मेख बहादुर आलेले राख्नु भएको थियो भने प्रमुख अतिथि गित बहादुर गुरुङ ले तालिम ले आफ्नो क्षेत्रमा रहेका सदस्य हरुले यो तालिम बाट सिप सकेर पछि ब्यबसायिक रुपले पाल्नु हुनेछ भन्दै सस्थाले यस्तो कार्यक्रम आफ्नो गाउगाउमा पुगि ठुलो सहगोग पुगेको जानकरि गराउनु भएको छ ।
आगामी दिनहरुमा फेरि यस्ता कार्यक्रम सस्थाले गर्नेछ भन्ने कुरामा पनि उहाले भन्नु भएको छ र उमिसा गुरुङ ले बोल्दै तालिम अत्यन्तै प्रभाबकारि रहेको साथै धेरै कुरा हरु सिक्ने अबसर मिलेको र अब आफ्नो ब्यसायमा पनि सिकेको सिपको सदुपयोग गर्ने प्रतिबद्द्ता समेत जनाउदै यो तालिम कार्यक्रम आयोजना गर्नुहुने सस्थाले धन्यवाद दिदै आगामि दिनहरुमा पनि पुनः अन्य तालिम ल्याउनुहोला भन्दै कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search