इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् ।
शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९ सय ४२ मत पाए ।
सुहाङभन्दा डम्बर ५ हजार ८ सय ३० मतले पछि परे ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । उनी तेस्रोमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे ।
Post Views: 99